केबलकार निर्माण विवाद : वार्ता भाँडियो, अर्को चरणको आन्दोलनको तयारी

काठमाडौँ । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार निर्माणसम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता भाँडिएको छ ।
यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता भाँडिन पुगेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए । अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ ।
समितिले कर्मचारीस्तरीय वार्ताबाट समस्या समाधान नहुने भएकाले अब वर्तमान सरकारी वार्ता समितिसँग वार्ता नगर्ने निष्कर्ष निकालेको मेहताले बताए । बैठकमा केबलकार निर्माणमा रहेका समस्याका साथै स्थानीयलाई रोजगार दिन सकिने लगायतका विषयमा छलफल गर्न सकिने सरकारी टोलीबाट प्रस्ताव आएको थियो ।
तर आन्दोलनकारीको तर्फबाट त्यहाँ केबलकार नै बनाउन नहुने भन्दै यसबाहेकका विषयमा छलफल हुन नसक्ने भनेर हिँडेका थिए । यससँगै अहिलेको सरकारी समिति भङ्ग भएको भन्दै मेहताले अब उच्च स्तरीय वार्ता समिति गठन नगरे भोलिदेखि अर्को चरणको आन्दोलन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, फर्नान्डिसले गरे ह्याट्रिक
-
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा