सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

आइतबार, २७ माघ २०८१, १३ : ४१
आइतबार, २७ माघ २०८१

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । दाङ, काठमाडौँ, कास्की लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो । 

दाङको घोराही उपमहानगरपालिका–४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२–००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका– २ बस्ने ४२ वर्षीया निरा सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडकमा बा.प्र.०२. ०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बा.प्र. ०२–०३७ प ०९०३ नम्बरका मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने २१ वर्षीय राजन कटुवालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बा.७१ प १४७१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सप्तरीको सुरुङ्‍गा नगरपालिका–१ सिसुबारीस्थित सडकमा म.प्र.०१–००५ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालकसिराहा लाहान नगरपालिका–५ बस्ने २२ वर्षीय सलाम सेकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका–८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र. ३–०१–०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको छ । आइतबार

बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप