सर्वोच्चका न्यायाधीश आचार्यको निधनपछि सर्वोच्चमा सबै मुद्दा स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । यसरी स्थगित हुनुको कारण हो न्यायाधीश अरविन्दनाथ आचार्यको निधन । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो।
शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए । १९९५ वैशाख १४ गते जन्मेको मैतीदेवी फाँटमा जन्मेका उनी २०१८ सरकारी सेवामा अनि न्याय सेवामा प्रवेश गरेका थिए ।
२०५९ साल माघ १ गते सर्वोच्च अदालतको न्यायाधीश भएका आचार्यले २०६०९ वैशाख १३ गतेसम्म न्यायाधीशको रूपमा न्याय सम्पादन गरेका थिए । सर्वोच्चको न्यायाधीश निधन भएमा फुलकोर्ट बैठक बसेर सार्वजनिक रूपमा इजलास नलाग्ने अभ्यास रहेको छ।
सोही अभ्यास अनुसार आइतबार कुनै पनि मुद्दा सुनुवाइ नहुने गरी बेन्च नबसेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा