बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान होइन नेताहरूको चरित्र संशोधन गरौँ : समीक्षा बास्कोटा

आइतबार, २७ माघ २०८१, १३ : २२
आइतबार, २७ माघ २०८१

काठमाडौँ । विवेकशील नेपाली साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले संविधानभन्दा पहिला राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छिन् । आइतबार प्रज्ञा भवन कमलादीमा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले संविधानभन्दा नेताहरूको चरित्र संशोधन आवश्यक भएको बताएकी हुन् ।

‘संविधानभन्दा पहिला राजनीतिक दलहरूका चरित्रको संशोधन गर्नुपर्‍यो । एकचोटी आएपछि एक्जिट हुने योजना नै छैन । वर्षौँ बसेर सत्ताको मात्रै हालीमुहाली गर्नुहुन्छ । त्यो चरित्र संशोधन गरौँ । संविधान त ठाउँमा बसेर जहाँ गर्नुपर्ने हो गरौँला’, उनले भनिन् । 

राजनीतिमा स्वार्थ मात्र हाबी भइराखेको भन्दै उनले यसलाई सरल बनाउनुपर्नेमा भारी बनाएकोमा असन्तुष्टि पोखिन् । यस्तै उनले सबै नयाँ दल वैकल्पिक शक्ति हुन्छ भन्नेमा प्रश्न उठेको बताइन् । अहिले उनले प्रतिपक्षको ठुलो खाडल रहेको बताइन् ।  विवेकशील साझाले नागरिकको आवाज सडकबाट उठाइरहेको स्पष्ट पार्दै बास्कोटाले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन, ऊर्जा, कृषि र प्रविधिमा काम गर्नुपर्ने सुझाव दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप