विवश र नेहाले जिते 'मोडल हन्ट नेपाल' सिजन ९ को ताज
![विवश र नेहाले जिते 'मोडल हन्ट नेपाल' सिजन ९ को ताज](https://npcdn.ratopati.com/media/news/hodel-hunt_qVJWGwO3mK.jpg)
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९को उपाधि विवश विष्ट र नेहा बुढाले जितेका छन् । विवश पुरुष र नेहा पहिला तर्फको शीर्ष विजेता बनेका हुन् । विजेता दुवैले विभिन्न पुरस्कार उपहारका साथमा क्याम्बोडियामा आयोजना हुने ‘मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५’मा नेपालको प्रतिनधित्व गर्दै जाने अवसर प्राप्त गरे ।
दरबारमार्ग स्थित होटल याक एण्ड यतिको रिगलबल रुममा भव्य सजाइएको रनवे सेटअप सहित आयोजित नवौं संस्करणको प्रतियोगितामा ३३ युवती र १७ युवाले विभिन्न जोडदार प्रस्तुति दिएका थिए । नेपालकै वृहत् एवं प्रतिष्ठित मोडलिङ प्रतियोगिता फेसन, स्टाइल, ग्ल्यामरको अभूतपूर्व समायोजन रहेको थियो ।
प्रतियोगितामा आदित्य थपलिया र मोना के.सी. फस्ट रनर अप तथा एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनर अप चुनिए । प्रतियोगिताको टप फाइभमा पुरुषतर्फ मनिश गौतम र प्रसुन कुमार तथा महिला तर्फ पूजा सिंह राजपूत र रानी खड्का पुगेका थिए ।
स्मृति लम्साल, सिला र कासा जस्ता नेपालकै कहलिएका डिजाइनर ब्रान्डलाई पहिरिएर सहभागी युवतीहरू तथा ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड पहिरिएर सहभागी युवाहरूले प्रतियोगिताको सुरुवातमा दमदार प्रस्तुति दिएका थिए । सहभागी धेरैजनाको पहिलो रनवे उपस्थिति भएता पनि उनीहरूको रनवे पर्पmमेन्स व्यावसायिक एवं अनुभवी मोडलहरूको भन्दा का थिएन । पर्फमेन्समा उनीहरूको आत्मविश्वास, स्टाइल, प्रस्तुति हेर्न लाग्थ्यो उनीहरु ब्यवसायिक मोडल हुन् ।
प्रतियोगिताको उत्कृष्ट बाह्रसम्म पुगेका महिला सहभागिहरु र उत्कृष्ट आठ भित्र पर्न सफल पुरुष सहभागीहरूले भने डिजाइनर मनिश राईले तयार पारेका पहिरनमा आ आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिता त्यसपछि पुरुष र महिला दुवै तर्फ उत्कृष्ट पाँच छानिँदै विजेता उपविजेता चयनसँगै कार्यक्रम सकिएको थियो ।
करिब तीन घण्टासम्मको चलेको प्रतियोगितात्मक कार्यक्रमको आयोजना नेक्स्ट मोडल्स नेपालको गरेको हो । कार्यक्रमको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए । सुपर मोडल सविता कार्कीको कोरियोग्राफी रहेको प्रतियोगिता संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा आवरण मोस्ट स्टाइलिस अवार्ड मनिश गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे भने केएफसी वेष्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र डा. अनिमा भण्डारी उत्कृष्ट ठहरिए । रियलमी वेष्ट वाक विधामा छेवाङ शेर्पा र पूजा सिंह राजपूत बाजी मार्न सफल भए भने द वीच हाउस पब्लिक च्वाइस तर्फ आदित्य कौशल र सारु कार्कीडोली परियार विजेता बने । आर्टेसियम प्रा्ेडक्सन मोस्ट फोटोजेनिक तर्फ प्रसुन कुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडल तर्फ आयन चौधरी र वेष्ट फिगरमा नेहा बुढा विजेता चयन भएका थिए । विवश विष्ट र चाँदनी श्रेष्ठले क्यान्टाविल टप मोडलको अवार्ड प्राप्त गरे भने खल्ती मोष्ट पपुलर विधामा कृतिका खड्का र खेमराज पोखरेल विजयी चयन भए ।
प्रतियोगीताको यो संस्करणको फाइनल प्रतिस्पर्धाको निर्णायमा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिष्टर नेपाल २०२४का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्सका नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिश राई तथा सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ
-
स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूले पाए पार्टीको जिम्मेवारी, रावलले गरे अस्वीकार
-
नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी छ : अख्तियार प्रमुख राई
-
भन्सार घटेपछि पनि सुनको मूल्य नयाँ रेकर्ड नजिक
-
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै