‘नरसिंहाः अवतार’ मा गुञ्जिँदै ‘अच्छा लेकिन’

काठमाडौंँ । फिल्म ‘दैव संजोग’ मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा यो गीतलाई समावेश गरिएको छ ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंहपौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।
गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए । यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।
चिसो हावामा र धुलो उडेका कारण पनि छायाङ्कनमा केही कठिनाई भएको कलाकारहरुले बताए । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त देखिए । नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।
यो फिल्ममा नायक हमाल र खनालले ३२ वर्षपछि सहकार्य गर्दैछन् । यसैले दुवैजना गीत छायाङ्कनका क्रममा मिडियासँग उत्साहित देखिए । गीतको भिडियो सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माण पक्षको छ ।
नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागे पनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो । यसैले डेब्यू फिल्मलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ । यही फिल्मबाट नायक हमाल ८ वर्षपछि पर्दामा फर्किंदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक