सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
अपराध

पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

आइतबार, २७ माघ २०८१, १२ : ३०
आइतबार, २७ माघ २०८१

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् । 

बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप