बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

‘हरिबहादुरको जुत्ता’ आगामी दसैँको फूलपातीमा रिलिज हुने

आइतबार, २७ माघ २०८१, १२ : २५
आइतबार, २७ माघ २०८१

काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले रिलिज मिति तय गरेको छ । हाल छायाङ्कनरत फिल्मले २०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको हो ।

फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी,  मुरलीधर लगायतका कलाकारको अभिनय रहनेछ । 

४५ दिनसम्म काभ्रे र काठमाडौँका विभिन्न लोकेसनमा छायाङ्कन हुने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो । सरोज ओली र मोहितवंश आचार्य निर्माता रहेको फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप