ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् ।
संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । दुई दलले प्रदेश तथा जिल्लाहरुमा समेत संयन्त्र गठन गरेका छन् । दुई दलले सरकार सञ्चालनमा सहयोगी बन्ने भन्दै संयन्त्र गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको आक्रमणपछि मस्कको बचाउमा उत्रिए ट्रम्प
-
संसद्बाट अध्यादेश पारित नभए के हुन्छ सहकारी प्राधिकरण ?
-
५ वर्षदेखि नुहाएका छैनन् यी डाक्टर, देखाउँछन् यस्तो कारण
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान