वर्षमानसँगको फोन संवादबारे शङ्कर पोखरेलको प्रस्टीकरण– अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो
![वर्षमानसँगको फोन संवादबारे शङ्कर पोखरेलको प्रस्टीकरण– अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो](https://npcdn.ratopati.com/media/news/barshaman-shankar_jDRAnlVDIp.jpg)
काठमाडौँ । नेकपा एमालेमा महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भएको अनौपचारिक संवादलाई मिडियामा ल्याएकोमा असन्तुष्टि जनाएका छन् । शनिवार सरकारले ल्याएको अध्यादेश पारितका लागि पोखरेलले सहयोग मागेको समाचार बाहिरिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।
नेताहरूबिच शिष्टाचारबस हुने कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचार गरेकाले अब उनीसँग सम्वाद गर्न पनि सचेत हुनुपर्ने आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । अनौपचारिक संवाद सार्वजनिक खपतका लागि सार्वजनिक गर्नु उचित नहुने उनले उल्लेख गरेका छन् ।
‘नेताहरूका बिचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमान मानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ । अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन’, उनले लेखेका छन् ।
यसमा पुनको उद्देश्य प्रस्ट भए पनि अन्ततः उनी र उनको पार्टी माओवादीलाई नै नोक्सान पुग्ने पोखरेलले प्रस्ट पारेका छन् ।
वर्षमान पुनबारे पोखरेलको प्रस्टीकरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
भिल्लासँग हार्यो स्पर्स, दबाबमा पोस्टेकोग्लु
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
बिरेन सिंहद्वारा मणिपुरको मुख्यमन्त्री पदबाट राजीनामा