चीनमा पहिरो जाँदा २९ जना बेपत्ता
आइतबार, २७ माघ २०८१, ११ : १०
बेइजिङ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।
निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।