सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो

आइतबार, २७ माघ २०८१, ११ : ०३
आइतबार, २७ माघ २०८१

नयाँ दिल्ली । भारतको केन्द्रीय बैङ्क भारतीय रिजर्भ बैङ्क (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पुर्‍याएको घोषणा गरेको छ । 

रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूलाई पैसा दिने दर हो । अर्थतन्त्रलाई बढवा दिन यो कदम चालिएको हो । 

आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा रेपो दर घटाएको थियो र पछिल्ला ११ नीतिगत बैठकहरूमा यसलाई अपरिवर्तित राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप