धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
पोखरा । विवादित धर्मगुरु विजय कृष्णमूर्तिले धर्मका लागि आफू अधर्म पनि गर्न तयार रहेको बताएका छन् । पोखरामा गर्ने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’बारे प्रश्न उठेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘जस्तोसुकै परिस्थिति आएपनि यो यज्ञ रोकिनेवाला छैन’, उनले भने, ‘जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुनेछैन । यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ ।’ उनले अगाडि भने, ‘धर्मका लागि अधर्म पनि गर्न पर्छ भने विजय कृष्णमूति तयार छ ।’
उनले काम गर्ने क्रममा रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान आफू तयार रहेको पनि बताए । यस्तै उनले रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने पनि बताए ।
यस्तै पोखरामा हुने महायज्ञमा कुनै वातावरण प्रदूषण नहुने दाबी गर्दै महायज्ञस्थलको हल अत्याधुनिक हुने र कुनै ध्वनि बाहिर ननिस्कने बताए । यस्तै उनले लेकसाइडमा २५ हजार भन्दा बढी भक्त बाहिरबाट ल्याउने भन्दै कार्यक्रम सफल बनाइने बताए । उनले रातोपाटीसहितका मिडियामा आएका समाचारलाई आफूले सम्मान गर्ने भन्दै रचनात्मक आलोचनालाई सुन्न आफू तयार रहेको पनि बताए ।
रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले कोटिहोम सञ्चालनका लागि काटेको हो । पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ९ वटा ठुला रुख नपलाउने गरी ठुट्याइएको छ ।
फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर