मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
आइतबार, २७ माघ २०८१, ०९ : ३८
![मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/bus_1Fj8E6VCPA.png)
एजेन्सी । दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो ।
४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।
रोयटर्सको तस्बिरमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।
बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ । उसले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर
-
आज ३४ औँ अख्तियार स्थापना दिवस
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म