ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?

वासिङ्टन डीसी । अमेरिकाको अदालती कागजातहरू अनुसार, एक सङ्घीय न्यायाधीशले खर्बपति अमेरिकी व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)लाई अर्थ मन्त्रालयको रेकर्डमा राखिएका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्त डेटा पहुँच गर्नबाट रोक लगाएका छन् । अमेरिकी जिल्ला न्यायाधीश पल ए एन्जेलमेयरले शनिबार यस सम्बन्धमा प्रारम्भिक आदेश जारी गरेका हुन् ।
यसमा मस्क र उनको टोलीलाई रेकर्डको कुनै पनि प्रतिलिपि तुरुन्तै नष्ट गर्न आदेश दिइएको थियो । ट्रम्प प्रशासनले मस्कको नेतृत्वमा सञ्चालित सरकारी दक्षता विभागलाई अर्थ मन्त्रालयसँग सम्बन्धित रेकर्डहरूमा पहुँचको अनुमति दिएको थियो ।
डजले यतिबेला खर्च कटौतीका काम गरिरहेको छ । यस मुद्दामा १९ राज्यका महान्यायाधिवक्ताहरूले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका थिए, त्यसपछि न्यायाधीशले यो आदेश दिएका हुन् ।
मस्क एक विशेष सरकारी कर्मचारी भएको र सरकारी दक्षता विभाग आधिकारिक सरकारी विभाग नभएको तर्क न्यायाधीशले गरेका छन् । यस्तो अवस्थामा अर्थ मन्त्रालयका डेटामा उनको पहुँच पाउनुलाई न्यायाधीसले सङ्घीय कानुनको उल्लङ्घन भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा मस्कले पछिल्लो निर्णय बिलकुल बुद्धिमानी निर्णय नभएको लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड