आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे

आइतबार, २७ माघ २०८१, ०८ : ३२
आइतबार, २७ माघ २०८१

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९  चौपाया मरेका छन् । उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

१४३ वटा खसी बोका लोड गरेर बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिएको हो । 

उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारुको रहेको प्रहरीको भनाइ छ । चालक पनि उनी आफै रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप