आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

आइतबार, २७ माघ २०८१, ०८ : २४
आइतबार, २७ माघ २०८१

काठमाडाैँ । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएसका अनुसार केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान  ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । 

भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो।

भूकम्प आएपछि सुरुमा  सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई  रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले  सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप