कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
![कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल](https://npcdn.ratopati.com/media/news/horoscope_yWVgb1BJAO.jpg)
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय उत्तम रहेकोले शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । बिलासी तथा महँगा सामान उपहारको रूपमा प्राप्त हुनेछ । खाद्यान्न, गरगहना, शेयर बजार तथा औषधीजन्य क्षेत्रमा लगानी गरी उल्लेख्य नाफा कमाउन सकिनेछ । सवारी साधन तथा अटो पार्टस्को खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ । धर्म कर्ममा मन जाने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन सम्पत्ति कमाउन सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा उपहार प्राप्तिको योग रहेको छ । मङ्गलवारबाट बिहीबारसम्मको समय मध्यम रहेकोले दाजुभाइ तथा बन्धु बान्धवसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग टाढिएर यात्रामा निस्कनु पर्दा मन खिन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापारबाट लाभ लिन सकिनेछ । शेयर बजार तथा उद्योगमा गरिने लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । बिहीबारबाट समय मध्यम रहेकोले छिमेकी तथा दाजुभाइसँग सामान्य कुरामा विवाद बढ्नेछ भने बाहिरका मानिससँग न्यायिक निर्णयहरूमा सामेल भए हारिने सम्भावना रहेको छ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुकाे बिगबिगी रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । माया प्रेममा भेटघाट गर्ने, रमाइलो गर्ने तथा उपहार साटासाट हुनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार, शेयर बजार तथा उद्योगबाट पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस गाजर बढेर आउनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले व्यापार, शेयर बजार तथा उद्योगबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ भने उपहार साटासाट हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार वा शेयर बजारमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने आफ्नो मायालुको साथ घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने लामो समय सँगै बसेर समय व्यातित गर्न सकिनेछ । प्रिय मानिसबाट उपहार पाप्तीको गतिलो योग रहेको छ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । अध्ययन वा कामको सिलसिलामा विदेश जान खोज्नेहरूका लागी समय उत्तम रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी सातको समय उत्तम रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । व्यावसायिकै सन्द्रर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको समय उत्तम रहेकोले अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस गाजर बढेर आउनेछ । व्यापार, उद्योग तथा सेयर बजारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । प्रिय पात्रबाट मन परेको सामान उपहारको रूपमा प्राप्त गर्न सकिनेछ । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । धार्मिक यात्राको तय गर्न सकिनेछ भने पूजा पाठ तथा धर्म कर्ममा साताको समय व्यातित हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवाद तथा प्रतिस्पर्धामा जीत हुनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ । एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्रा हुने तथा पूजा पाठमा सरिक होईनेछ । बिहीबारबाट आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मिश्रित रहेकोले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । तरपनि माया प्रेममा रमाउन चाहनेहरूका लागी समय साथ दिनेछ भने घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । लामो वा छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । अन्य व्यापारमा मन्दी आए पनि शेयर बजारको लगानीबाट आंशिक लाभ हुनेछ । अध्ययनमा मन जाने तथा राम्रो नतिजा ल्याउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले घर जग्गा वा सवारीसाधनको खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ । मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने शेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । नोकरीमा बढुवा हुने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । पूजा पाठ तथा धार्मिक कार्यमा समय व्यातित हुनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?
-
ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?
-
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
-
एक दशकदेखि अलपत्र विष्णुमति पुल किन सञ्चालनमा आएन ?