आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत

आइतबार, २७ माघ २०८१, ०४ : ३८
आइतबार, २७ माघ २०८१

काठमाडौं । स्पेनिस ला लिगामा मड्रिड डर्बी रोचक भएको छ । शनिबार राती भएको मड्रिड डर्बीमा केलियन एम्बाप्पेले रियाल मड्रिडलाई दोहोरा संकटबाट बचाए । 

जुलियन अल्भारेजको गोलबाट पाहुना टोली एटलेटिको मड्रिडले अग्रता लिएपछि  दबाबमा परेको रियाल मड्रिडका लागि ५० औं मिनेटमा एम्बाप्पेले गरेको गोल दोहोरो रक्षा कवच सावित भयो । 

एकातिर हार जोगियो भने अर्कोतिर बराबरीले शीर्ष स्थान फुत्किनबाट जोगियो । मड्रिड डर्बी १-१ को बराबरीमा टुंगिदा शीर्ष स्थानको रियाल मड्रिडको ५० अंक भएको छ भने एटलेटिको मड्रिडको ४९ अंक छ । खेलमा एटलेटिकोले टक्कर दिए पनि गोलअन्तरमा भने रियाल नै बलियो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप