इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
आइतबार, २७ माघ २०८१, ०१ : ४७

काठमाडौं । इटालियन सिरी’एमा एटलान्टाले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा एटलान्टाले हेलस भेरोनाविरुद्ध ५-० को जित निकालेको हो ।
एटलान्टालाई विजयी गराउन मातेओ रेटेगुई एक्लैले ४ गोल गरे भने एडर्सनले एक गोल गरे । २१ औं मिनेटमा पहिलो गोल गरेका रेटेगुईले पहिलो हाफअघि नै ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो हाफपछि थप एक गोल गरे ।
योसँगै तेस्रो स्थानमा रहेको एटलान्टाले दोस्रो स्थानको इन्टर मिलानसँग अंक दुरी घटाएको छ । एक खेल कम खेलेको इन्टरको २३ खेलबाट ५१ अंक हुँदा एटलान्टाको ५० अंक भएको छ । शीर्ष स्थानको नापोलीको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो