रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
![रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म](https://npcdn.ratopati.com/media/news/ratopati-briff_dMiSOs9DUR.jpg)
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. दिल्ली विधानसभा चुनाव
२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गरेको छ। आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेका छन् । मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन्। सत्येन्द्र जैनले पनि चुनाव हारेका छन्।
२. हनीट्रयाप
चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप लागेको छ ।
३. आजपाको आरोप
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रमजीविको हकअधिकारसहित उनीहरुको श्रमको उचित मूल्यांकन सरकारले गर्न नसकेको बताएका छन् । केपी ओली नेतृत्वको सरकारको कारण श्रमजीविहरुले आफ्नो श्रमको उचित मूल्य नपाएको उनले दाबी गरे ।
४. आन्दोलनका कार्यक्रम घोषणा
श्रमजीवी पत्रकारको पक्षमा निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको श्रमजिवी पत्रकार संघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अध्यक्ष जन्मदेव जैसीद्वारा जारी विज्ञप्ती अनुसार पछिल्लो समय सरकार मिडिया प्रति झन् झन अनुदार बन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आएपछि आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।
५ .स्वास्थ्य
परिवार नियोजनका विभिन्न साधनहरू छन् । यी साधनलाई स्थायी, अस्थायी र परम्परागत गरी तीन प्रकारले वर्गीकरण गरिएको छ । अस्थायी साधनमा पाँच वटा विधि हुन्छन् । महिला र पुरुषले प्रयोग गर्ने कन्डम ।
६. अस्थायी साधन : यसका फाइदा र असर (भिडियो)
विश्वभर जन्मदर पहिले अनुमान गरिएको भन्दा तीव्र दरले घटिरहेको छ । चीनमा जन्मदरमा रेकर्ड गिरावट देखिएको छ । ल्याटिन अमेरिकाबाट पनि यस्तै स्तब्ध पार्ने तथ्याङ्कहरू बाहिर आएका छन् । एकपछि अर्को गर्दै, धेरै देशहरूमा, जन्मदर सम्बन्धी सरकारी अनुमानहरू गलत साबित हुँदैछन् ।
७ . प्रथम नेपाली महिला
रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १०औँ एपिसोड त्रिभुवन विश्वविद्यालयकी प्रथम कुलपति कान्तिराज्यलक्ष्मी देवी शाह र त्रिभुवन विश्वविद्यालयकी प्रथम सहकुलपति ईश्वरीराज्यलक्ष्मी देवी शाहका सम्बन्धमा छ ।
८. अतिरञ्जित अभिव्यक्ति
प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको २०० दिनको उपलब्धिको बारेमा चर्चा गरे । सरकारको प्रशंसा र विपक्षीको आलोचनामा करिब ४९ मिनेट खर्चिएका ओलीको भनाइको सार थियो– यो सरकारले गज्जबै गरिरहेको छ । जति जे नराम्रो छ अघिल्लो सरकारको कारणले भयो ।
९. नेपालीले किने सपिङ मल
बेलायतमा नेपाली व्यवसायीको एक समूहले एक करोड पाउन्ड अर्थात् झन्डै एक अर्ब ७५ करोड रुपैयाँमा सपिङ मल खरिद गरेका छन् । नेपालीको समुदायको बाक्लो बस्ती रहेको स्थान अल्डरसट टाउन सेन्टरमा सपिङ मल खरिद गरिएको हो ।
१०. अध्यादेश
जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको अध्यादेशबारे गरेको अध्ययन अहिले चर्चामा छ । अध्यादेशकै कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अप्ठ्यारोमा छ ।
११. सिंहदरबारमा आगलागी
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
१२. फोटो फिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म