ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
![ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह](https://npcdn.ratopati.com/media/news/23055a6a-0aad-4f48-b307-15f8f24f141e_wvAUK1Ug8c.jpg)
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रमजीविको हकअधिकारसहित उनीहरुको श्रमको उचित मूल्यांकन सरकारले गर्न नसकेको बताएका छन् । केपी ओली नेतृत्वको सरकारको कारण श्रमजीविहरुले आफ्नो श्रमको उचित मूल्य नपाएको उनले दाबी गरे ।
आजपा निकटको आम निर्माण श्रमिक संघको शनिबार कोटेश्वरमा सम्पन्न प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै साहले श्रमजीवि वर्गको रोजगारी, सुरक्षा, सम्मान एवं समृद्धिको बिषयमा सरकार भगौडा जस्तो भागेर हिँडिरहेको आरोप लगाए ।
‘मुलुकको विकास, समृद्धिका लागि दिनरात मिहिनेत गर्ने श्रमजीविहरुले अहिलेको बदलिदो समय अनुसार श्रमको मुल्य पाउँन सकेका छैनन् । उनीहरुको श्रमको उचित मुल्यांकन गरेर श्रमको मुल्य निर्धारण गर्नुपर्ने सरकार अहिले भगौडा जस्तो भागेर हिडिरहेको छ,’ साहले भने, ‘श्रम गरेपछि श्रमिकले उचित मुल्य पाउँनुपर्छ, बदलिदो समय अनुसारले सरकारले श्रमिकको पारिश्रमिक निर्धारण गर्नुपर्छ तर सरकार श्रमिकबाट भागेर मालिकहरुको सेवामा लागेको छ ।’
वर्तमान सरकार श्रमिकको सरकार नभई मालिक र बिचौलियाको सरकार भएको उनले टिप्पणी उनले गरे । सरकारले मुलुकमै रोजगार दिन नसकेपछि अहिले युवाहरुले रोजगारका लागि विदेशिने क्रम बढेको उनले बताए ।
आम निर्माण मजदुर संघका अध्यक्ष बिनोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, महासचिव त्रिभुवन साह, उपमहासचिव सिवी साह, उपमहासचिव धनकुमारी, सचिव देवी पण्डित लगायतको बिशेष सहभागिता रहेको थियो ।
सम्पन्न सो भेलाबाट बिनोद चौधरीको अध्यक्षतामा १०१ सदस्यीय आम निर्माण मजदुर संघको केन्द्रीय कमिटी सर्वसम्मत घोषणा भएको छ । आजपा उपमहासचिव एवं आम ट्रेड युनियन फेडरेसनका इन्चार्ज धन कुमारीका अनुसार संघको उपाध्यक्षमा उपाध्यक्ष महम्मद आलम, आनन्द शर्मा, मोतिलाल चौधरी र सचिवमा चन्दु चौधरी रहेका छन् ।
यसैगरी सोही भेलाबाट आम गार्मेन्ट मजदुर संघको केन्द्रिय कमिटी समेत गठन भएको छ । महेश चौधरीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा शर्मिला लिम्बु, प्रकाश परियार, मनोज चौधरी, सचिवमा राजेन्द्र चौधरी लगायतका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड