आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति  खेलकुद संघहरुको विरोध

शनिबार, २६ माघ २०८१, २१ : ३१
शनिबार, २६ माघ २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भएको भन्दै खेलकुदसँग सम्बद्ध ३० संघ–संगठनले आपत्ति जनाएका छन् ।

शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले सो घटनाप्रति गम्भीर ध्यानार्षण भएको जनाएका हुन् । उनीहरुले नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको घोर भर्त्सना समेत गरेका छन् । उनीहरुले सो घटनाको छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सरोकारवालाहरुमा अपिल समेत गरेका छन् ।

 विज्ञप्ति जारी गर्नेहरुमा नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ, नेपाल भलिबल संघ, नेपाल रग्वी संघसहित ३० वटा खेल संघ रहेका छन् । केही दिनअघि नेपाल ओलम्पिक कमिटीको विषयलाई लिएर विवाद भएको थियो । सोही विषयलाई लिएर माघ २५ गते सदस्य सचिव घिसिङको कार्यकक्ष तोडफोड भएको थियो । 

111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप