सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
![सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'](https://npcdn.ratopati.com/media/news/naga-chaitanya_HeaCHZx35H.jpg)
भारत । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदबारे पहिलो पटक बोलेका छन् । एक पोडकास्टमा उनले दुवैको सहमतिमा सम्बन्धविच्छेद भएको बताएका हुन् ।
उनले आफू टुटेको परिवारबाट आएको भन्दै कुनै पनि सम्बन्ध तोड्नुअघि एक हजार पटक सोच्ने पनि बताए ।
चैतन्यले भने, 'हामी दुवैले छुट्टाछुट्टै बाटोमा हिँड्ने निर्णय गर्यौं। हामीले हाम्रो आफ्नै कारणले यो निर्णय लिएका छौँ र एक अर्कालाई सम्मान गरेका छौँ। हामी हाम्रो जीवनमा आफ्नै तरिकाले अगाडि बढिरहेका छौँ। योभन्दा बढी व्याख्या गरिरहनु जरुरी छ जस्तो मलाई लाग्दैन ।'
आफूलाई दर्शक र मिडियाले सम्मान गर्ने पनि उनले बताए। 'हामीले हाम्रो गोपनीयताको लागि सोधेका छौँ। कृपया हामीलाई सम्मान गर्नुहोस् र यस मामिलामा हामीलाई एक्लै छोड्नुहोस्,' चैतन्यले भने, ‘म निकै शालीनताका साथ अगाडि बढेको छु । उनले पनि निकै राम्रो प्रगति गरिन् । हामी आफ्नै जीवन बाँचिरहेका छौं। मैले फेरि माया पाएको छु। म धेरै खुसी छु र हामी एकअर्कालाई धेरै सम्मान गर्छौं।'
सम्बन्धविच्छेद आफ्नो जीवनमा मात्र नभएको भन्दै उनले आफूमाथि अपराधीजस्तै व्यवहार गरिएको प्रति चिन्ता व्यक्त गरे। चैतन्यले थप भने, ‘विवाह अन्त्य गर्ने निर्णय धेरै सोचविचार र सम्मानका साथ गरिएको हो । यो मेरो लागि अत्यन्तै संवेदनशील विषय भएकाले म यो भन्दैछु। म टुटेको परिवारबाट आएको हुँ, त्यसैले मलाई थाहा छ अनुभव कस्तो हुन्छ।'
उनले पटक पटक आफूहरूको आपसी निर्णय भएको बताइरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह