देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले महङ्गी नियन्त्रण, बेरोजगारी समस्या समाधान, भ्रष्टाचार नियन्त्रण, जनजीविका क्षेत्रमा सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले सरकारले संसद्को अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजको भन्दै विरोध जनाए । पूर्वप्रधानमन्त्री नेपालले देशको राजनीतिले असल पार्टी, दूर दृष्टिकोण भएका नेताहरूको खोजी गरेकाले असल चरित्रको विकास गर्दै पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
पार्टी महासचिव घनश्याम भुसालले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा अनेक समस्या आएको धारणा राखे । उनले बिग्रिएको राजनीतिक कोर्सलाई सच्च्याउन कम्युनिष्ट पार्टीका रूपान्तरण तथा पुनः गठनको खाँचो औँल्याए ।
पार्टीका सचिव सावित्रा भुसालले सङ्गठनको सुदृढीकरण, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजना निर्माणमा अधिवेशन केन्द्रित हुने विश्वास व्यक्त गरिन् । उपत्यका प्रदेश कमिटीका सचिव विष्णु लम्सालले अधिवेशनले सङ्गठनभित्र रहेका फरक मत तथा विचारहरू, असन्तुष्टि र असहमतिलाई विश्लेषण गरी नयाँ कार्यसमिति निर्वाचित गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?