१० बजे १० समाचार : अस्ट्रेलिया जान हनीट्रयापदेखि सिंहदरबारमा आगलागीसम्म
आज मिति २०८१ साल मंसिर महिनाको २६ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको १० मुख्य समाचारको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर हाजिर भएका छौँ–
- दिल्ली विधानसभा चुनाव
२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गरेको छ। आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेका छन् । मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन्। सत्येन्द्र जैनले पनि चुनाव हारेका छन्।
- हनीट्रयाप
चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।
- स्वास्थ्य
परिवार नियोजनका विभिन्न साधनहरू छन् । यी साधनलाई स्थायी, अस्थायी र परम्परागत गरी तीन प्रकारले वर्गीकरण गरिएको छ । अस्थायी साधनमा पाँच वटा विधि हुन्छन् । महिला र पुरुषले प्रयोग गर्ने कन्डम ।
विश्वभर जन्मदर पहिले अनुमान गरिएको भन्दा तीव्र दरले घटिरहेको छ । चीनमा जन्मदरमा रेकर्ड गिरावट देखिएको छ । ल्याटिन अमेरिकाबाट पनि यस्तै स्तब्ध पार्ने तथ्याङ्कहरू बाहिर आएका छन् । एकपछि अर्को गर्दै, धेरै देशहरूमा, जन्मदर सम्बन्धी सरकारी अनुमानहरू गलत साबित हुँदैछन् ।
- प्रथम नेपाली महिला
रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १०औँ एपिसोड त्रिभुवन विश्वविद्यालयकी प्रथम कुलपति कान्तिराज्यलक्ष्मी देवी शाह र त्रिभुवन विश्वविद्यालयकी प्रथम सहकुलपति ईश्वरीराज्यलक्ष्मी देवी शाहका सम्बन्धमा छ ।
- अतिरञ्जित अभिव्यक्ति
प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको २०० दिनको उपलब्धिको बारेमा चर्चा गरे । सरकारको प्रशंसा र विपक्षीको आलोचनामा करिब ४९ मिनेट खर्चिएका ओलीको भनाइको सार थियो– यो सरकारले गज्जबै गरिरहेको छ । जति जे नराम्रो छ अघिल्लो सरकारको कारणले भयो ।
- नेपालीले किने सपिङ मल
बेलायतमा नेपाली व्यवसायीको एक समूहले एक करोड पाउन्ड अर्थात् झन्डै एक अर्ब ७५ करोड रुपैयाँमा सपिङ मल खरिद गरेका छन् । नेपालीको समुदायको बाक्लो बस्ती रहेको स्थान अल्डरसट टाउन सेन्टरमा सपिङ मल खरिद गरिएको हो ।
- अध्यादेश
जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको अध्यादेशबारे गरेको अध्ययन अहिले चर्चामा छ । अध्यादेशकै कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अप्ठ्यारोमा छ ।
- सिंहदरबारमा आगलागी
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
- फोटो फिचर
- शनिबार विषेश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह