बाइडेनको स्मरणशक्ति ठीक नभएको भन्दै ट्रम्पले सुरक्षा क्लियरेन्स रद्द गरिदिए
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको सुरक्षा क्लियरेन्स (गुप्तचर सूचनामा पहुँच) रद्द गरिदिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै गोप्य जानकारीमा बाइडेनको पहुँचको कुनै आवश्यक नभएको लेखेका छन् ।
ट्रम्पले लेखेका छन्, 'तत्काल हामी बाइडेनको सुरक्षा क्लियरेन्स रद्द गर्दैछौँ र उनको दैनिक गुप्तचर ब्रिफिङगहरू निलम्बन गर्दैछौं।'
सन् २०२१ मा राष्ट्रपति बनेपछि बाइडेनले यस्तै गरेका थिए । ट्रम्पले न्याय विभागको प्रतिवेदनले बाइडेनको स्मरणशक्ति खराब भएको पनि दाबी गरे। 'यस्तो अवस्थामा हामी उनीहरूको (बाइडेन) संवेदनशील जानकारीको विश्वास गर्न सक्दैनौँ,' ट्रम्पले लेखेका छन्, 'म सधैं हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्नेछु।'
२०२४ मा आएको हुर रिपोर्टमा बाइडेनले आफ्नो छोराको मृत्युको वर्ष र बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपतिको रूपमा आफ्नो कार्यकालका धेरै महत्त्वपूर्ण घटनाहरू बिर्सेको भनिएको थियो। बाइडेनले त्यसपछि यो रिपोर्ट खारेज गरिदिएका थिए ।
बाइडेनले नै सन् २०२१ मा यसको उदाहरण बसालेका ट्रम्पले आरोप लगाएका छन् । बाइडेनले अमेरिकाका ४५ औं राष्ट्रपति (ट्रम्प) को गुप्तचर समुदायलाई दिएको सुरक्षा क्लियरेन्स रद्द गरेका थिए ।
पूर्वराष्ट्रपतिको सुरक्षा क्लियरेन्स रोकिएको त्यो पहिलो पटक थियो । बाइडेनले ट्रम्पको व्यवहारका कारण यस्तो कदम चालेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अस्ट्रेलिया जान हनीट्रयापदेखि सिंहदरबारमा आगलागीसम्म
-
थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा
-
२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण
-
राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति खेलकुद संघहरुको विरोध
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक