धमलाले सकाए चलचित्र 'आउट ल दफा: २१९' को डबिङ
![धमलाले सकाए चलचित्र 'आउट ल दफा: २१९' को डबिङ](https://npcdn.ratopati.com/media/news/475509817_583956951118508_8873885587121457937_n_E7a329ILgA.jpg)
काठमाडौँ । रेट्रो ग्रुपको व्यानरमा निर्माण भएको चलचित्र ‘द आउट ल दफा: २१९’ को स्वराङ्कन (डबिङ) धमाधम भइरहेको छ । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालेसमेत अभिनय गरेको चलचित्रको स्वराङ्कन चलिरहेको हो । शनिवार धमलाले आफ्नो भूमिका रहेको दृश्यको स्वाराङ्कन गराएको जानकारी दिए ।
चलचित्रमा पत्रकारको भूमिकामा रहेका धमलाले आफ्नै चर्चित कार्यक्रम 'जनता जान्न चाहन्छन्'को प्रस्तोताको रूपमा अभिनय गरेका छन् । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा धमलाको उपस्थिति रहेको हो ।
शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण गरिएको छ ।
बिक्की महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा अमित अग्रहरीको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्माता विकाश चौधरी हुन् । चुल्ठे काजीको एक्सन रहेको सिनेमालाई अशोक शर्माको डीसीएनले वितरण गर्दै छ ।
स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को ब्यानर निर्माण भएको सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।
हालै यस चलचित्रको एउटा सिनका लागि मात्रै ४० लाख रुपैयाँ खर्च गरेर सुटिङ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन