ट्राइयाथलन संघको सातौँ वार्षिक साधारण सभा सम्पन्न
![ट्राइयाथलन संघको सातौँ वार्षिक साधारण सभा सम्पन्न](https://npcdn.ratopati.com/media/news/photos_he3y2vKqUr.jpg)
काठमाडौँ । नेपाल ट्राइयाथलन संघले आफ्नो विधान सम्मत सातौँ वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ ।
संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन पश्चात् संघले गरेका क्रियाकलाप र समस्याहरूका बारेका साधारण सभामा आफ्ना धारणा राख्नुका साथै संघका गतिविधिलाई सहजतापूर्वक सम्पन्न गर्न के कस्ता कार्य गर्नु पर्ने हो ? त्यसका बारेमा सभामा उपस्थित सदस्यहरूसँग समाधानका उपायहरुका बारेमा छलफल गरेका थिए ।
अध्यक्ष श्रेष्ठले आगामी वैशाख १३ र १४ गते (अप्रिल २६ र २७) पोखरामा आयोजना हुने एसिया ट्राइयाथलन कपलाई सफलता प्रदान गर्न केन्द्रीय कार्य समितिलाई एकजुट भएर लाग्न निर्देशन दिएका थिए । यसै गरी चैत्रमा आयोजना हुने १० औँ बृहत् राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सीमित प्रदेश संघको गठनलाई तीव्रता प्रदान गर्न निर्देशन दिएका थिए ।
संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघको आगामी दिनमा आयोजना हुने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका उपाध्यक्ष पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभामा महासचिव युवराज सुनुवारले संघको २०८०/८१ र २०८१/८२ को क्रियाकलापलाई समेटेको महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष नीरज श्रेष्ठले संघको आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
यस्तै साधारण सभामा उपस्थित कार्य समितिका सदस्यहरूले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई सफल पार्न र संघलाई मजबुत पार्न आइपर्ने समस्याहरूलाई समाधान गर्न आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति खेलकुद संघहरुको विरोध
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल