१० दिनदेखि बेपत्ता बालकको शव फेला

बारा । बाराको जितपुर सिमरास्थित मामाघरबाट १० दिन अघिदेखि बेपत्ता रौतहटका एक बालकको शनिबार शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ का ३ वर्षीय हंस चौधरीको शनिबार दिउँसो शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताए । बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो।
बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसै गरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसनाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। मृतक बालक रौतहट दुर्गा भगवती १ का रितेश जैसवालका छोरा थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन