‘कमेडी दरबार’ छोड्दै नम्रता
काठमाडौंँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको पछिल्लो परिचय कार्यक्रम सञ्चालकको बनेको छ । कमेडी हो ‘कमेडी दरबार’ को उनी सुरु देखिनै सञ्चालन गर्दै आएकी छन् । अब भने उनले कमेडी दरबार छोड्ने भएकी छन् ।
रातोपाटीसँगको भेटमा उनले ‘कमेडी दरबार’ को अबको सिजनबाट आफु नदेखिने बताइन् । ‘कमेडी दरबार’ को लागि मसँग निर्माण संस्थाको पहिलो सिजनका लागि मात्र एग्रिमेन्ट भएको हो’, श्रेष्ठले भनिन् ‘पहिलो सिजन सकिन लाग्यो । दोस्रो सिजिनमा म देखिन्न ।’
आफ्नो ब्यस्तता बढेको कारण कमेडी दरबार छोड्न लागेको उनले सुनाइन् । भनिन्– ‘अहिले फिल्म तथा बाहिरका प्रोजेक्टहरुको काम धेरै छ । त्यसैले ‘कमेडी दरबार’ का लागि समय दिन सक्दिन ।’
नम्रता अभिनेत्रीको रुपमा पनि देखिँदैछिन् । उनी अभिनित फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी अभिनेता सलोन बस्नेतको जोडीको रुपमा देखिँदैछिन् । यस अगाडि केही फिल्म रिजेक्ट गरेकी उनले ‘रंगी’ को बिषयवस्तु मन परेकोले आफू जोडिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन