खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
शनिबार, २६ माघ २०८१, १३ : ०१

काठमाडौँ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन ।
प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचत गरेको रकम निकाल्न नपाउँदा...
-
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण