‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’
![‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’](https://npcdn.ratopati.com/media/news/jnk-f_akNDhyyTTG.png)
महेन्द्रनगर । परराष्ट्र मामिलाका जानकारहरुले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए ।
छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने, ‘नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिप्रेक्ष्यबारे चर्चा गर्दै इतिहासमा नेपालले परराष्ट्र सम्बन्धमा धेरै उतारचढाव देखेको छ ।’ उनले नेपाल–भारत र नेपाल–चीन सम्बन्धका ऐतिहासिक घटनालाई स्मरण गर्दै नेपालले परराष्ट्र नीतिमा गर्नुपर्ने परिमार्जनबारे सुझाव दिए । उनले विगतका अनुभवबाट सिकेर भविष्यका लागि रणनीति बनाउनुपर्ने धारणा राखे ।
परराष्ट्रविद् इन्द्र अधिकारीले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याए । नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउँदै उनले नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
पत्रकार तथा विश्लेषक तुलानारायण साहले सीमाञ्चलको समृद्धिका लागि प्रभावकारी परराष्ट्र नीति आवश्यक रहेको बताए । सीमावर्ती क्षेत्रका समस्याहरू, जस्तै अवैध व्यापार, मानव तस्करी र सीमाङ्कन विवादबारे चर्चा गर्दै यी समस्याहरू समाधान गर्न नेपालले छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ । उक्त सत्रका सहजीकरण अनिल गिरीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह
-
‘कमेडी दरबार’ छोड्दै नम्रता