प्यालेस्टिनीहरूलाई स्थानान्तरण नगरी गाजाको पुनर्निर्माणलाई सहयोग गर्न इजिप्ट तयार

एजेन्सी । प्यालेस्टिनीहरूलाई स्थानान्तरण नगरी गाजाको पुनर्निर्माणलाई सहयोग गर्न इजिप्ट तयार भएको छ । इजिप्टले गाजाको प्रारम्भिक पुनर्लाभ, भग्नावशेष हटाउने र पुनर्निर्माणको लागि निश्चित समयसीमा भित्र योजनाहरू कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय साझेदारहरू र सहयोगीहरूसँग तुरुन्तै सहकार्य गर्ने प्रतिवद्धता जनाएको हो ।
इजिप्टको विदेश मन्त्रालयको एक विज्ञप्तिअनुसार प्यालेस्टिनीहरू गाजा पट्टीमा रहनेछन् र विस्थापित हुन अस्वीकार गर्नेछन् । इजिप्टले इजरायली सरकारका धेरै सदस्यहरूले प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापित गर्ने योजना कार्यान्वयन गर्ने सम्बन्धमा हालै दिएका अभिव्यक्तिहरूको विरुद्धमा पनि चेतावनी दिएको छ ।
यस कदमलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र प्यालेस्टिनीहरूको मौलिक अधिकारको स्पष्ट उल्लङ्घनको रूपमा उसले निन्दा गरेको छ । इजरायली रक्षामन्त्रीले सेनालाई गाजाका बासिन्दाहरूलाई स्वागत गर्न इच्छुक कुनै पनि देशको लागि स्वैच्छिक प्रस्थान अनुमति दिने योजना तयार गर्न आदेश दिएका छन् । –सिन्ह्वाको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ