निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह
काठमाडौँ । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फाल्गुण ०६ गतेसम्म देशव्यापी रूपमा एचपीभी खोप अभियान संचालन गरिरहेको छ । खोपबारे कतिपय नागरिक विश्वस्त हुन नसकेको पाइएपछि नेपाल चिकित्सक संघ निश्चिन्त भई खोप लगाउन आग्रह गरेको छ ।
खोप विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तरयुक्त प्रमाणित गरिएको र नेपालमा यसको प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हुनाले निश्चिन्त भई बालिकाहरूलाई खोप लगाइदिन अभिभावकलाई संघले आग्रह गरेको हो ।
यस अभियानमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिने काम भइरहेको छ ।
नेपालमा क्यान्सरबाट महिलाहरूको मृत्यु हुने प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पहिलो देखिएको छ । पछिल्लो तथ्यांक अनुसार यो रोगबाट हरेक दिन सरदार ४ जना महिलाहरूको मृत्यु हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी