दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
शनिबार, २६ माघ २०८१, १० : ३५

रौतहट। रौतहटको सदरमुकाम गौरसँग सिमाना जोडिएको भारतीय बजार बैरगनिया छेउको दशगज्जाबाट गएराति घाइते अवस्थामा एकजना नेपालीलाई प्रहरीले उद्धार गरेको छ ।
धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा गौर नगरपालिका १ का २५ वर्षीय अजित कुमार पासवानलाई बैरगनिया सीमाको दशगजाबाट फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
पासवानको छातीको बायाँ भागमा चोट लागेको छ । घटना सम्बन्धी अन्य अनुसन्धान कार्य भई रहेको एसपी घिमिरेले जानकारी दिए।
शुक्रवार राती करिब ९ बजेको समयमा गौर १ दशगजास्थित भारतबाट नेपाल तर्फ आउँदै गर्दा दश गजा क्षेत्रमा भारत पट्टि भारतीय सीमा सुरक्षा बल एसएसबीले पासवानलाई घाइते अवस्थामा फेला पारी भन्सार सुरक्षा गार्ड गौरलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आफ्नो माटोको सुगन्ध नबुझी संसार बुझ्नुको अर्थ रहेनछ’
-
रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ
-
संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत
-
प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार, घाइते युवतीलाई चितवन रिफर गरियो
-
बार एशोसिएशनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
-
दशौँ राष्ट्रिय खेलकुद स्थगित भएपछि आरोप–प्रत्यारोपमा केन्द्र र प्रदेश