दिल्ली विधानसभा चुनाव
प्रारम्भिक परिणाममा केजरीवाल र आतिशी भाजपा उम्मेदवारभन्दा पछि
शनिबार, २६ माघ २०८१, १० : २४

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको प्रारम्भिक परिणाम अनुसार, नयाँ दिल्ली विधानसभा सिटबाट भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मा अगाडि छन्।
आम आदमी पार्टी (आप) ले यो सिटबाट पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई उम्मेदवार बनाएको छ। यहाँ कांग्रेसले पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षितलाई आफ्नो उम्मेदवार बनाएको छ।
उता, दिल्लीको कालकाजी सिटबाट भाजपा उम्मेदवार रमेश बिधुडी अगाडि छन्। आम आदमी पार्टीकी आतिशी उनीभन्दा पछाडि परेकी छिन्। कांग्रेसले यहाँबाट अलका लाम्बालाई उम्मेदवार बनाएको छ।
दिल्ली विधानसभा चुनावपछि आएका अधिकांश एक्जिट पोलहरूमा भाजपाले अग्रता लिने अनुमान गरिएको छ। आम आदमी पार्टी र कांग्रेसले पनि आफ्नो सरकार बनाउने दाबी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा