दिल्ली विधानसभा मतगणना : भाजपाले कम्ब्याक गर्ने संकेत

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना जारी छ। सुरुवाती रुझानमा भाजपा ४८ सिटमा अगाडि छ भने सत्तारुढ आम आदमी पार्टी (आप) २१ सिटमा अगाडि छ।
कांग्रेस मात्र १ सिटमा अगाडि छ। यसको अर्थ भाजपाले बहुमतको आँकडा पार गरेको छ। दिल्लीमा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ ।
आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल नयाँ दिल्ली सिटमा पछाडि परेका छन् भने मुख्यमन्त्री आतिशी पनि कालकाजी सिटमा पछाडि छिन्। जंगपुराबाट मनीष सिसोदिया र पटपडगंजबाट अवध ओझाले अग्रता बनाएका छन्। पहिले उनीहरू पनि पछि परेका थिए।
फेब्रुअरी ५ मा दिल्लीका ७० सिटका लागि मतदान भएको थियो । जसमा ६०.५४% मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको थियो।
दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुनेछ।
मतगणनाको केही समय अगाडि दिल्लीका मुख्यमन्त्री तथा कालकाजीबाट आप उम्मेदवार आतिशीले भनेकी थिइन्, ‘यो सामान्य चुनाव होइन, यो असल र खराब बीचको लडाइँ हो। दिल्लीका जनता आप र केजरीवालको साथमा उभिएका छन्। केजरीवाल चौथो पटक मुख्यमन्त्री बन्नेछन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द