अल नासरको जितमा रोनाल्डोको गोल
शनिबार, २६ माघ २०८१, ०९ : ५४

रियाद । जोन डुरानले साउदी प्रो लिग डेब्यूमा उत्कृष्ट प्रदर्शन गर्दा अल नासरले अल फयहामाथि सहज जित हात पारेको छ । बिहीबार राति भएको खेलमा अल नासर ३–० गोलले विजयी बन्यो ।
खेलको २२ औँ मिनेटमा जोन डुरानले टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ७२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए ।
भर्खरै ४० औँ जन्मदिन मनाएका क्रिस्टियानो रोनाल्डोले ७४ औँ मिनेटमा गोल थप्दै टोलीलाई सहज दिलाए । जितका बाबजुद अल नासर लिगमा तेस्रो स्थानमा रहेको छ ।
१९ खेलबाट टोलीको ४१ अंक छ । शीर्ष स्थानमा रहेको अल इतिहादले समान खेलबाट ४९ अंक बटुलेको छ । १८ खेलबाट ४६ अंक बटुल्दै अल हिलाल दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान रिटमाथि सुनुवाइ हुँदै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा
-
बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति