‘भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देश राम्रो बजार’
![‘भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देश राम्रो बजार’](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2025-02-07-at-19.45.11_d7e15ba5_Ey1bHOAW9O.jpg)
काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को लागि कर्टन रेजरको आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि थिए ।
कार्यक्रमको सुरुवात गोलमेच सम्मेलनबाट भएको थियो जसमा भारत सरकारको डीपीआईआईटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस -आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौँ विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए ।
मन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले स्टार्टअपहरूका लागि अवसर सिर्जना गर्ने नवीनतम आईटी प्रविधिहरू अँगाल्ने सन्दर्भमा गरिरहेको प्रगतिको बारेमा धारणा राखे। उनले भारत र नेपालबीचको अद्वितीय र बलियो सम्बन्ध तथा नेपाली र भारतीय नागरिकहरूको लागि एकअर्काको देशमा काम गर्ने सहजतामाथि प्रकाश पार्दै नेपाली कम्पनीहरूलाई एसएमके २०२५ मा भाग लिन प्रोत्साहन गरे ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति कसरी मूलधार बनेको छ भन्ने कुरामा प्रकाश पारे। उनले भारतले डिजिटल प्रविधिहरूमा गरेको व्यापक अंगीकारलाई जोड दिए ।
डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले यो डिजिटल परिवर्तनलाई बढावा दिएको छ । यसले सीमापार स्टार्टअप सहकार्यको लागि अवसरहरू प्रस्तुत गर्यो जसले डिजिटल कनेक्टिभिटीलाई बढावा दिएकाे छ। हालैको उदाहरण नेपालको फोनपे र भारतको यूपीआई बीचको अन्तरसञ्चालनशीलता थियो जसमा मार्च २०२४ मा यसको सुरुवात भएदेखि नै ४ लाखभन्दा बढी व्यापारीक कारोबारहरू भएका थिए ।
भारत सरकारको डीपीआइआइटीका सहसचिव संजीवले एसएमके २०२५ को बारेमा प्रस्तुति दिए । उनले उक्त कार्यक्रम कसरी स्टार्टअप क्षेत्रको लागि एक प्रमुख कार्यक्रममा परिणत भएको छ भनेर देखाउनुभयो र नेपाली स्टार्टअपहरूलाई सहभागी हुन आमन्त्रित गरे।
एसएमकेमा ३,००० भन्दा बढी प्रदर्शकहरू, १०,००० स्टार्टअपहरू, र १,००० लगानीकर्ताहरू, इन्क्यूबेटरहरू र एक्सेलेरेटरहरू समावेश हुनेछन्, जसमा भारत र बाहिरबाट ५०,००० भन्दा बढी व्यावसायिक आगन्तुकहरूको अपेक्षा गरिएको छ। अत्याधुनिक आविष्कार केन्द्रित क्षेत्रमा रहेका बिषयहरु जस्तै डीटुसी, फिनटेक, एआई, डिपटेक, साइबर सुरक्षा, रक्षा र अन्तरिक्ष प्रविधि, कृषि प्रविधि, जलवायु प्रविधि/दिगोपना, बीटुबी र प्रिसिजन म्यानुफ्याकचरिङ्ग, गेमिङ, ई-स्पोर्ट र खेलकुद प्रविधि, बायोटेक र स्वास्थ्य सेवा र इन्क्यूबेटरहरू र एक्सेलेरेटरहरू सम्बन्धित विषयगत कक्षहरू मार्फत प्रदर्शन गरिनेछ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआइ) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले ‘नेपालमा स्टार्टअप नीति’ बारे प्रस्तुति दिए। आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) श्री राजेन्द्र मुथाले आइआइटी मद्रास प्रवर्तकले इन्क्यूबेसनलाई प्रवर्द्धन गर्न, प्रविधि विकास गर्न र उद्योगसँग साझेदारी निर्माण गरी इन्क्यूबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए ।
पहिलो प्यानल छलफल उदयीमान प्रविधि स्टार्टअपहरूका लागि भारत र नेपालमा भएका अवसरहरूमा केन्द्रित थियो। टेक एक्सआर का प्रमुख कार्यकारी अधिकृत प्रशान्त मिश्राले कसरी भर्चुअल रियालिटीले उनीहरूलाई नयाँ पर्यटन अनुभवहरू संचालन गर्न मद्दत गर्यो भन्ने बारेमा धारणा राखे।
एफ वान सफ्टका सह-संस्थापक असगर अलीले नेपालमा नागरिक सेवाहरू प्रदान गर्ने नागरिक एपको बारेमा जानकारी गराए । खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानी कसरी बढेको छ भनेर कुरा प्रस्तुत गरे । आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रासमा इन्क्यूबेट गरिएका अत्याधुनिक प्रविधि स्टार्टअपहरूको सफलताका कथाहरू साझा गरे ।
दोस्रो प्यानल छलफल सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा केन्द्रित थियो, जसमा वृद्धि सञ्जल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले नेपालको लागि डीपीआई निर्माण गर्ने बारे आफ्नो प्रयासहरू साझा गरे । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान प्रधानले नेपाल पे जस्ता आफ्ना उत्पादनहरूको बारेमा विस्तृत रूपमा बताए जुन नेपालका फिनटेक कम्पनीहरूका लागि नवप्रवर्तन गर्न डिजिटल क्षेत्रहरू थिए।
कम्प्युटर विज्ञानका प्राध्यापक र काठमाडौँ विश्वविद्यालयका एसोसिएट डीन डा. बालकृष्ण बलले आफ्ना विद्यार्थीहरूलाई डिजिटल सार्वजनिक सामानहरू निर्माण गर्न प्रोत्साहित गर्ने काठमाडौँ विश्वविद्यालयको प्रयासहरूको बारेमा साझा गरे। स्कुलनेटका एभीपी हिमांशु तिवारीले भारतमा रहेको दीक्षा जस्ता शिक्षा डीपीआईको अनुभव सुनाए । यी छलफलहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको विशेष सम्बोधनसँगै समापन भए । कार्यक्रमको क्रममा भएका छलफलहरूबाट प्राप्त मुख्य निष्कर्षहरू निम्नानुसार छन्:
• अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न चाहने भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देशहरू राम्रो बजार हुन् ।
• भारत र नेपालका स्टार्टअपहरूले नयाँ समस्या र सामाजिक चुनौतीहरूलाई स्तरीय रूपमा समाधान गर्न उदीयमान प्रविधिहरूको उपयोग गरिरहेका छन् ।
• डीपीआईको विकासले नयाँ स्टार्टअपहरूलाई नवप्रवर्तन गर्ने राम्रो अवसर प्रदान गर्दछ। यो मोडेल भारतमा धेरै सफल भएको छ। नेपालमा पनि आफ्नो डीपीआई छ र यो नेपालमा भावी पुस्ताका स्टार्टअपहरूको लागि लन्चप्याड हुन सक्छ ।
• डीपीआइ प्लेटफर्महरू बीचको सीमापार सम्पर्कले तिनीहरूबाट थप लाभांश प्राप्त गर्न मद्दत गर्न सक्छ ।
• नेपाली स्टार्टअपहरूले भारतबाट उपलब्ध हुने पुँजी र परामर्श नेटवर्कमा विशेष गरी आइआइटी मद्रास प्रवर्तक जस्ता इन्क्यूबेटरहरू मार्फत फाइदा लिन सक्छन् ।
• सहभागीहरूले स्टार्टअप इन्क्यूबेसन सेन्टरहरू स्थापना गर्न सहयोगको लागि आइआइटी मद्रास प्रवर्तक र त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय बीचको सम्झौता पत्र जस्ता विद्यमान सम्बन्धहरूको प्रशंसा गरे ।
• सहभागीहरूले स्टार्टअप क्षेत्रमा भारत र नेपालबिच थप सहकार्यको लागि आह्वान गरे ।
• कार्यक्रममा उपस्थित नेपाली स्टार्टअपहरूले एसएमके २०२५ मा सहभागी हुने अवसरलाई स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा
-
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नु भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते