जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, २६ माघ २०८१, ०९ : २८

सिराहा । सिराहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरिएको हो ।
राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
राईमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर व्युरोमा पठाएको डीएसपी पासवानले बताए । जाहेरी परेपछि उनी फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न