सिंहदरबारमा लागेको आगो नियन्त्रणमा
शनिबार, २६ माघ २०८१, ०९ : २१
काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो ।
नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवार नियोजनको अस्थायी साधन : यसका फाइदा र असर (भिडियो)
-
उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव
-
कार्यकक्षमा आगलागी भएपछि मन्त्री भन्छन्– शुक्रबार नै बिजुलीको तार जलेको गन्ध आएको थियो
-
प्यालेस्टिनीहरूलाई स्थानान्तरण नगरी गाजाको पुनर्निर्माणलाई सहयोग गर्न इजिप्ट तयार
-
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह
-
अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै