तीन इजरायली बन्धक आज हमासको कब्जामुक्त हुँदै

काठमाडौं । हमासले आज गाजाबाट थप तीन बन्दीको रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् ।
एलीलाई उनका भाइसँगै किबुत्जबाट लगिएको थियो । भाइको मृत्युको पुष्टि भइसकेको छ । युद्धका दौरान एलीकी पत्नी ब्रिटेन मूलकी लियान दुई छोरी नोइया र याहेल मारिएका छन् । १९ जनवरीबाट युद्धविराम लागू भएपश्चात १८ बन्धक मुक्त भएका बताइएको छ ।
यसको बदलामा इजरायलले १८३ प्यालेस्टाइनी कैदी रिहा गर्नेछ । तीन साताको समयमा युद्धविरामको पहिलो चरण अन्तर्गत लगभर ३३ बन्धक तथा १९ सय कैदीलाई मुक्त गरिसक्नु पर्ने छ । इजरायलले ३३ जनामा आठ पहिल्यै मरिसकेको जिकिर गरेको छ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५१ बन्धकलाई पक्डिएको थियो ।
उसले १२ सय जना मारेको थियो भने जुन विन्दुबाट युद्ध सुरु भएको थियो । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४७ हजार ५०० जना प्यालेस्टाइनी मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बीरमा वर्षा परेपछि खुलेको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा