पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
![पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित](https://npcdn.ratopati.com/media/news/puspasadan_ogk8CFFCnU.jpg)
काठमाडौँ । ललितपुर–पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको छात्रा एकलतर्फ सेन्ट मेरिज स्कुलकी सुष्मा शाक्य विजयी भएकी छिन् ।
कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगितामा छात्रा एकलतर्फ प्रगति आदर्श इंगलिस स्कुलकी इशानवी महर्जन दोस्रो हुँदा पुष्पसदनकी मिचुली महर्जन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए । यो इभेन्ट्सको राइजिङ प्लेयर ह्वाईट फिल्ड सेकेण्डरी स्कुलकी बिदिसा महर्जन भइन् ।
पुष्पसदनको आफ्नै टेबलटेनिस कोर्टमा सम्पन्न भएको यु–१३ छात्रतर्फको उपाधि डिलाईट स्कुलका आरंभराज शाक्यले जिते । उनले आफ्नै स्कुलका निर्भीक शाक्यलाई फाइनलमा पाखा लगाउँदै उपाधि जितेका हुन् । यो इभेन्ट्समा पुष्पसदनका सुसन प्रधान र डिलाईटकै आयनराज शाक्यले तेस्रो स्थान हात पारे । यो इभेन्ट्को राइजिङ प्लेयर पारागन पब्लिक स्कुलका सुचन बढा भए ।
यही यु–१३ उमेर समूहकै छात्रातर्फको उपाधि प्राइम ग्लोबल स्कुलका प्राज्ना महर्जनले जितिन् । उपविजेता फ्युचर स्टार हाई स्कुलका इमरीन महर्जन भइन् ।
पुष्पसदनका रिसु ज्ञवाली र दाईसी महर्जनले तेस्रो स्थान हात पारे । यो इभेण्ट्सको राइजिङ प्लेयर क्रियटिभ एकेडेमीकी मेलिना महर्जन भइन् ।
छात्र एकलतर्फ फाइनलमा प्राइम ग्लोबलका संभवराज वन्त र मङ्गल सेकेण्डरी स्कुलका मनुषलाल श्रेष्ठ पुगेका छन् । यसको फाइनल खेल शनिबार हुने पुष्पसदनका इसिए संयोजक राजु लामाले जानकारी दिए । यो इभेन्ट्समा पुष्पसदनका सफल महर्जन र आइडियल मोडल स्कुलका सोयम महर्जन तेस्रो भएका छन् । एकल छात्रमा मागुस इंगलिस स्कुलका सक्रिन महर्जन राईजिङ प्लेयर बनेका छन् ।
शनिबार यु–११ को छात्रातर्फको फाइनल खेलमा पुष्पसदनकी क्रिष्टल भूषाल र प्राइम स्कुलकी यामिला श्रेष्ठ प्रतिस्पर्धा गर्दै छन् ।
द एक्सेल सायरकी सुप्रिया रोका र युवक वुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रुपमा तेस्रो हुँदा सम्बृद्धि स्कुलकी एन्ड्रि महर्जन राइजिङ प्लेयर भइन् ।
यसअघि पहिलो दिन प्राइम ग्लोबल स्कूलले वर्चस्व कायम गरेको थियो । छात्र र छात्रा दुवैतर्फको टिम इभेन्ट्समा प्राइम ग्लोबल विजेता भएको थियो ।
यु–११ छात्रतर्फको उपाधि बृहस्पती विद्यासदनका विनम्र घिमिरेले जितेका थिए ।
आइडियल मोडल स्कुलका सत्भीक रत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डर गार्डेन स्कुलका रुसन शाक्य र केटिएम ग्लोबल स्कुलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन् ।
राइजिङ प्लेयर संस्कृति इन्टरनेसनल स्कुलका संस्कार रत्न बज्राचार्य भए ।
बिहीबारदेखि सुरु प्रतियोगितामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागिता जनाएका छन् । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।