बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित

काठमाडौँ । आयोजक द एक्सेल्सियर स्कुलले ११ औँ एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज/गल्र्स दुवै टोली जित हात पार्न सफल भए ।
सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ ले पराजित गर्यो । एक्सेल्सियरका छिरिङ गुरुङले २० अंक जोडे । सिनियर गल्र्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलाई १३–२ ले हरायो । एक्सेल्सियर ‘रातो’ की अकिना घिमिरेले ४ अंक जोडिन् ।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृति इन्टरनेसनल स्कुललाई ४१–१३ र निःसर्ग वाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग वाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।
गल्र्समा स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ तथा रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले पाखा लगाए । स्वर्णिमकी नितिशा महर्जनले ४ तथा रेडियन्ट पब्लिककी सिना खनालले ६ अंक बटुले ।
ब्वाइज फुटसल ः
ब्वाइज फुटसलको यु–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिक स्कुललाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यु–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो ।
यु–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वर्ल्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यु–१६ मा ग्यालेक्सीले स्वस्ति श्रीलाई २–० गोलले पन्छायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार