यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
काठमाडौं । अमेरिकी एक संघीय अदालतले युएसएआईडीको संरचना भङ्ग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न अस्थायी आदेश जारी गरेको छ । न्यायाधीशले आदेश जारी गर्दै २२ सय कर्मचारीको प्रशासनिक अवकाश समेतलाई रोक्ने प्रयत्न गरेका हुन् ।
युएसएआईडीमा लगभगग १० हजार व्यक्ति कार्यरत रहेको बताइन्छ । जसमा दुई तिहाई अमेरिका बाहिर कार्यरत छन् । यो एजेन्सी अमेरिकी सरकारको मुख्य विकास संगठन मानिन्छ ।
युएसएआईडीका कर्मचारीको तर्फबाट कानून व्यवसायीहरुले आफ्ना अधिकांश जनशक्तिको छुट्टीमा राख्ने योजनालाई रोक्न एक आपतकालीन रिट दायर गरेका थिए । ट्रम्प र अर्बपति एलन मस्कको योजना अनुरुप करिब ६११ कर्मचारीलाई काममा राखिएको बताइन्छ ।
बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी संविधान तथा संघीय कानूनको उल्लंघन गरेर युएसएआईडीलाई सिध्याउन खोजेको तर्कहरु पेश भएको बीबीसीले जनाएको छ । त्यति ठूलो सहायता एजेन्सी बन्द गर्ने घोषणाअघि एउटा पनि कारबाही कंग्रेसको अनुमति अनुसार नभएको जिकिर कानून व्यवसायीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
६० वर्षीय अमिरकी तेस्रो प्रेमिका गौरी को हुन् ?
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च