भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
![भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/capture_wcNDobjtRT.png)
नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।
‘उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको छ’ एक प्रहरी अधिकारीले भने- ‘एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।’
विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ । आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पुर्याएको प्रहरीले जनाएको छ ।
विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने