‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
शुक्रबार, २५ माघ २०८१, २१ : २७
![‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?](https://npcdn.ratopati.com/media/news/purna-bahadur-ko-sarangi-1-(1)_3GAtbDqoBq.png)
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबारदेखि देशको १० हलमा प्रदर्शनको १०० दिन मनाएको छ । फिल्मका वितरक करण क्रेजीका अनुसार फिल्मले ५२ करोडभन्दा बढीकाे व्यवसाय गर्दै १० हलमा व्यवसायको सय दिन पार रहेको जानकारी दिए ।
फिल्मले क्यूएफएक्सको सिटी स्क्वायर र राइजिङ, रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज, शुभकामना सिनेमा, फ्रेन्ड्स सिनेमाज बुटवलसहितका हलमा प्रदर्शनको १०० दिन पार गरेको छ ।
फिल्मले विदेशमा पनि राम्रो कमाउन सफल भएको छ । निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ २३ करोड ३५ लाख रुपैयाँ क्रस भएको सार्वजनिक गरेका थिए । त्यसपछिको व्यवसाय सार्वजनिक गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने