शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास

शुक्रबार, २५ माघ २०८१, २० : ०९
शुक्रबार, २५ माघ २०८१

धादिङ । धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरिएको छ ।  आज संविधान सभा सदस्य दिलमान पाख्रिन,  खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । 

 ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ । 

भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुने छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको राजदूतावासले बताएको छ ।

स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्ने बताइएको छ ।  

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको  राजदूतावासले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप