सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । आफू अनुकूल सरकारले व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउने गरी जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै विराटनगरमा सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार विराटनगर नागरिक अभियानले विराटनगरको ट्राफिक चोकमा सांकेतिक विरोध प्रदर्शन आयोजना गर्दै उक्त विधेयकको विरोध गरेको हो ।
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”ले वाक स्वतन्त्रताको साथै मानवअधिकार र लोकतान्त्रिक मूल्य र मान्यतामा असर पुर्याउने भन्दै यो प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा विराटनगरका युवाहरूको साथै विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रमका संयोजक अभियन्ता वसन्त अधिकारीका अनुसार कार्यक्रमले सरकारद्वारा प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने उद्देश्यले यो प्रदर्शन गरिएको हो । प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको अभियान्ताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने
-
वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र
-
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
-
माओवादी र प्रचण्डका विरुद्ध केही अराजक शक्ति लागेका छन् : अध्यक्ष शेर्पाली
-
कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी
-
सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन